कुचबिहारमा भाजपा द्वारा मन्त्री अखिल गिरीले राजिनामा दिनुपर्ने मांगमा विरोध रयाली

IMG_20221112_202948.jpg

कुचबिहार: आज कुचबिहारमा भाजपाद्वारा राज्यका मन्त्री अखिल गिरीले राजिनामा दिनुपर्ने मांगमा विरोध रयाली निकालिइयो। मन्त्री अखिल गिरीविरुद्ध देशको राष्ट्रपति द्रौपदी मुर्मूविरुद्ध अपमानजनक टिप्पणी गरेको अभियोग उठेको छ। यसैको प्रतिवादमा आज कुचबिहार जिल्ला भाजपाले पार्टी कार्यालय अघिबाट विरोध याली निकालेर कुचबिहार सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा प्रदेश भाजपा महासचिव तथा फालाकाटाका विधायक दीपक बर्मन, कुचबिहार जिल्ला भाजपाका अध्यक्ष तथा विधायक सुकुमार राय, विधायक निखिल रञ्जन दे, विधायक सुशील बर्मन लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement