म भोट मांग्न होइन, तपाईहरूको दु:ख बुझन आएको हो: एडवर्ड
खरसाङ: केही दिनदेखि खरसाङ क्षेत्रका विभिन्न स्थानहरूका भ्रमणमा रहेका हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डलाई खरसाङको अम्बटे चिया बगानको भ्रमणमा पुगेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डलाई अम्बटे चियाबारीमा मानिसहरूले भव्य स्वागत जनाएको जानकारी प्राप्त भएको छ। विगत धेरै दिन अघिदेखि बन्द रहेको अम्बटे चिया बगानको श्रमिकहरूको अवस्था बुझ्न हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड बिहान पुगेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसँग उनको कार्यकर्ता एंव समर्थकहरू थिए। अम्बटे चिया बगानमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड अनि उनीसंग रहेका कार्यकर्ता एंव समर्थकहरूलाई पनि बन्द अम्बटे चिया बगानको श्रमिकहरू साथै चिया सुरक्षा समितिको कार्यकर्ताहरूले स्वागत जनाएका थिए। स्थानीय चिया श्रमिकहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले सम्बोधन गर्दै भने, ‘म तपाईहरूसंग भोट माग्न आएको होइन, तपाईहरूसंग भेट गर्न साथै भलाकुसारी गर्न आएको हो।राजनैतिक दलहरूको नेतृत्वहरूले चिया श्रमिकहरूलाई भोट हाल्ने मशीन मात्र बनाएको छ तर म तपाईहरूसंग भोट मांग्न आएको होइन। उनले गत कोरोनाकालमा आफु यहाँ मास्क साथै जरूरी समाग्रीहरू बाँट्न मात्र आएको जानकारी गराए।आफु खरसाङ भ्रमणमा आएको बेला बन्द अम्बटे चिया बगानको श्रमिकहरूसंग पनि भेटेर भलाकुसारी गरौं भन्ने उद्देश्यले मात्र आफु यहाँ आएको हो भन्ने अध्यक्ष एडवार्डले दोहोराए। बन्द अम्बटे चिया बगानको श्रमिकहरू साथै चिया सुरक्षा समितिले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड समक्ष बगान बन्द रहेकोले श्रमिकहरूले भोग्नु परिरहेको समस्याहरू सुनाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले एडवार्ड फाउण्डेशनको माध्यमद्वारा प्रत्येक सप्ताह एक सय परिवारहरूको लागि खाद्य समाग्रीहरू पठाई दिने वचन दिए साथै प्रत्येक महिना बन्द चिया बगानहरूमा मेडिकल क्याम्प,आखाँ जाँच शिविर साथै रक्त जाँच शिविरको आयोजना गरिने बताए। दवाई लिईरहेको बिमारीहरूको निम्ति दवाई पनि उपलब्ध गराउने अध्यक्ष एडवार्डले वचन पनि दिएका छन्। अम्बटे चिया बगानको श्रमिकहरू साथै चिया सुरक्षा समितिले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड समक्ष एउटा ज्ञापन पत्र पनि चढाए अनि उक्त ज्ञापन पत्रमा चिया बगानहरू जीटीएमा सामेल गराउनु पर्ने, बिजुलीको बील आदि जस्ता विषयहरूको उल्लेख गरिएको छ।स्मरण रहोस गत केही दिन अघि भारतीय प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले एक मिडिया रिपोर्टमा चिया बगानहरू जीटीएमा पर्दैन भन्ने बताएका थिए।आन्दोलनकालको बिजुलीको बील चल्दै गरेको दैलोमा सरकार कार्यक्रममा जम्मा गर्ने निर्देश जारी गरेको छ।अम्बटे चिया बगान लगायत अन्य कतिपय चिया बगानहरू बन्द अवस्थामा रहेको हुनाले ती चिया बगानहरूको श्रमिकहरूलाई ५० प्रतिशतको दरले नै भएता पनि बिजुलीको बील जम्मा गर्न सक्ने अवस्था छैन। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले अम्बटे चिया बगानको श्रमिकहरू साथै चिया सुरक्षा समितिलाई जीटीए सभाको सभामा यी विषयहरूलाई इमान्दारिताको साथ उठाउने वचन दिए।

स्पष्ट शब्दमा ईश्वरले मलाई जे दिएको छ, त्यही म तपाईहरूसंग बाँटने छु। जबसम्म यी चिया बगानहरूको समस्याको समाधान हुदैन तबसम्म सहयोग कार्यलाई यथवत राख्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए।