खरसाङ: जीटीए क्षेत्रमा कराँते, तेक्वान्दो, बक्सिङ, किक् बक्सिङ र वुशु समावेश सबै फाईटिङ स्पोर्ट्स मास्टर्सको एक संयुक्त बैठक सिलगढीमा सम्पन्न भएको छ। सिलगढीको सुरेन्द्रनाथ इन्स्टीट्युट अफ् ईञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा एलिट मार्टियल आर्टस् सुरेन्द्र इन्स्टीट्युट डेभलोपमेन्ट एसोसिएशनको ब्यानरमा आयोजित भएको थियो। यो पहिलो पटक सबै जीटीए क्षेत्रका विभिन्न फाइट स्पोट्सका सबै मास्टरहरू एएमएडीएको एउटै छानामुनि उपस्थित थिए जसमा बैठकको समन्वयमा महत्त्वपूर्ण भूमिका खेलेको थियो सेन्सी सन्दीप प्रधान र मिलन सुब्बाले।

शिहान देबन गुरुङको अध्यक्षतामा भएको बैठकमा कालेबुङ, दार्जिलिङ, खरसाङ, मिरिक, बिजनबारी र आस-पासका क्षेत्रका गुरुहरुले आ–आफ्नो कलाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए। बैठकमा एएमएडीएका महासचिव मिलन सुब्बाले कार्यकारी निर्देशक अरिजित मित्र, खेलकुद तथा युवा मामिला विभाग, जीटीएले जीटीएका प्रमुख कार्यकारी अनितको आशीर्वादमा जीटीए क्षेत्रमा लडाई खेलको प्रवद्र्धन गर्न गरेको पहलबारे जानकारी दिए। उनले जीटीएद्वारा एएमएडीएकालाई मान्यता दिन २०१८ मा तत्कालीन उपाध्यक्ष अनित थापाले गरेको सहयोगको बारेमा पनि सदनलाई सम्बोधन गरेका थिए साथै उनले जीटीए क्षेत्रमा फाईट स्पोर्ट्सको विकास गर्न कसरी अधिकत्तम फाइदा लिन सकिन्छ भनेर इतिहासले प्रमाणित गरेको छ भनेर बताए। यस संघले आधिकारिक राष्ट्रिय खेलकुदका लागि असल लडाकुहरूलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ। उनले मास्टरहरूलाई जीटीएको संयोजकको रूपमा नियुक्त गरे जसमा सन्दीप प्रधान- कराँते, मिलन सुब्बा- बक्सिङ, सञ्जय राई- किक् बक्सिङ, राजेन साम्पाङ- तेक्वान्दो, विमल प्रधान- वुशु आदिलाई संयोजकको रुपमा चयन गरिएको छ। कालेबुङका शिहान सुसन थापाले यस कार्यक्रमलाई भविष्यमा एउटा प्रचलन बनाउने र मार्सल आर्ट फेस्टिभल भनेर चिनिने विभिन्न राम्रा कुराहरू सुझाएका थिए। यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सबै वक्ताहरुले आ-आफ्ना अमूल्य सुझावहरु राखेका थिए जसमा मास्टरहरु-सञ्जय राई, रोशन बराइली, सुसन थापा, नवीन खाती, नितेश घिमिरे, मिराज लेप्चा, कैलाश थापा र रिजोङ तामाङ थिए।

बैठकमा कराँते एसोसिएसन अफ् बङ्गालका सह सचिव तथा हाप्किडो एसोसिएसन अफ् बङ्गालका उपाध्यक्ष शिहान अनिल राईले स्वागत मन्तव्य राख्दै एकता र कार्यक्रमलाई अझ राम्ररी सम्पन्न बनाउने कुरा राखेका थिए। सेन्सी सन्दीप प्रधानले उक्त बैठकको संयोजकत्व गरेका थिए र आफ्नो अमूल्य उपस्थिति र सुझावका लागि प्रत्येक मास्टरहरूलाई धन्यवाद दिए। उनले बैठकको लागि ठाउँ उपलब्ध गराएकोमा सुरेन्द्र इन्जिनियरिङ तथा व्यवस्थापन प्रतिष्ठानका प्रबन्धक अनि शिहान अनिल राईलाई पनि विशेष धन्यवाद दिए। उनले १३ नोभेम्बरभित्र प्रतियोगिताको सूची पेश गर्न सबै संयोजकहरूलाई निर्देशन दिएपछि प्रतियोगिता आयोजनाको प्रक्रिया अगाडि बढाइने बताएका छन्।