जिल्ला पाठशाला पार्षद र डीआईको सिटोङ लाठपञ्जार समष्टीको विभिन्न स्कूलहरूका आकस्मिक निरीक्षण

IMG-20221112-WA0323.jpg

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापाको निर्देशन साथै प्रतिवद्धताले डिस्ट्रिक स्कूल बोर्डको चेयरमेन बिजयकुमार राई साथै डीआई देवनाथ सेठले खरसाङ महकुमा अन्तर्गत सिटोङ लाठपञ्जार समष्टीको विभिन्न स्कूलहरूका निरीक्षण गरेका छन्। सिटोङ-लाटपञ्जार समष्टि अन्तर्गत विभिन्न स्कूलहरूबाट शुरू जिल्ला पाठशाला बोर्डका सदस्य शिशिर राईको नेतृत्वमा निरीक्षण भ्रमण टोलीमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको मंग्पु सर्कल सभापति सन्तकुमार खवास साथै शिक्षकहरू पदमबहादुर गुरुङ, तेन छिरीङ लेप्चा, राजेन थापा, रामलाल जिम्बाहरूको सहभागितामा सम्पन्न गरिएको छ।

यस निरीक्षण सिटोङ एक ग्राम पञ्चायतमा अवस्थित मानवीर जुनियर बेसिक स्कूल, पोखरी टार प्राथमिक स्कूल, छुला प्राथमिक स्कूल साथै अनन्य शिक्षण संस्थानहरूको पनि भ्रमण गरेका छन्। आकस्मिक स्कूल निरीक्षण पश्चात आफ्नो सम्बोधनको क्रममा अध्यक्ष बिजय कुमार राईले निरीक्षण गरिएको सबै पाठशालाहरूबाट आफु सन्तुष्ट रहेको साथै कतिपय स्कूलहरूको मर्मत गरिनु पर्ने र यसको साथै शिक्षक-शिक्षिकाहरूको आपूर्ति रहेको देखे जसलाई विभागीय पक्षबाट हर सम्भव सहयोग गरिने यसका साथै शिक्षक-शिक्षिकाहरूले आफ्नो जिम्मेवारी इमानदारीका साथ पालन गरिदिने साथै अब उसो यसो नगरेको भेट्टाइएमा कानुन अनुसार कस्तो प्रकारको कार्वाही हुन्छ त्यो गर्ने पनि बताए, आजदेखि शुरू गरिएको यस निरीक्षण अब उसो निरन्तर सम्पूर्ण जीटीए क्षेत्रभरि नै निरन्तर गरिरहने जानकारी पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement