बंगालको विभाजनको कथित षड्यन्त्रको विरोधमा ‘बंगला पक्ष’ सडकमा

IMG_20221112_192653.jpg

जलपाईगुडी: बंगला पक्ष नामक संगठनले उत्तर बंगाललाई विभाजन गर्ने षडयन्त्रको विरुद्धमा आन्दोलनलाई तीव्र बनाएको छ। बङ्गालको विभाजनको षड्यन्त्र भएको भन्दै शनिबार संगठनका नेता गर्ग चट्टोपाध्याय आफ्ना समर्थकसहित सडकमा उत्रिएका छन्। यसै सन्दर्भमा उनले शनिबार जलपाईगुडीमा महत्वपूर्ण बैठक गरेका थिए। बैठकपछि गर्गले भने, ‘उत्तर बङ्गालका जाति समुदायलाई मिलेर उत्तर बङ्गाललाई टुक्र्याउने षड्यन्त्रका विरुद्ध एकजुट आन्दोलन गरिने छ। यसै क्रममा राज्य समन्वय समितिको जलपाईगुडी जिल्ला सम्मेलनमा सहभागी हुन आएका प्रदेश सचिव विजय शंकर सिंहले भने, ‘हामीले उत्तर बङ्गाललाई टुक्र्याउने षड्यन्त्रको विरोधमा आन्दोलनमा सहभागी हुन जनतालाई अपिल गरेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement