१२ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा शनिवार युनाइटेड भेटरन्स क्लब, कालेबुङले आफ्नो म्याच जित्यो। मेला ग्राउण्डमा भएको म्याचमा युनाइटेड भेटरन्स क्लबले डीएमसी डागापुर भेटरन्स, सिलगढ़ीलाई ४-२-ले पराजित गऱ्यो। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।