कालियागन्ज (उत्तरी दिनाजपुर): डेंगु रोकथामका लागि कालियागञ्ज नगरपालिकाले शहरभर झ्यालीसहित सचेतना अभियान चलाएको छ ।डेंगुको प्रकोप कुनै पनि हालतमा नबढ्नका लागि सबै किसिमका उपायहरु अपनाइएको छ। नालाहरू सफा गरिँदै छ र लामखुट्टे भगाउने तेल छर्किएको छ। यससँगै घर–घर सरसफाइकर्मीले लामखुट्टे भगाउने तेल छर्किरहेका छन्। कालियागञ्ज नगरपालिकाका मेयर रामनिवास साहले शहरभर सचेतनामूलक पोस्टर टाँसिएको र नगरपालिकाका १७ वटा वडामा झाँकी र माइकिङ गरी जनचेतनामूलक अभियान सञ्चालन भइरहेको बताए।