घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु

IMG_20221112_182821.jpg

मालदा। राष्ट्रिय राजमार्ग नं. ३४ मा गजोल प्रहरी चौकी गोलघर क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको नाम नुराजमान आलम (२३) हो। उनी उत्तर दिनाजपुरको रायगञ्ज रबुल हुसेन घेरा क्षेत्रका बासिन्दा थिए। राष्ट्रिय राजमार्गको गोलघर क्षेत्रमा टोटोले नियन्त्रण गुमाएर अगाडिबाट मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन्। टोटोसँग ठोक्किएपछि युवक मोटरसाइकलसहित सडकमा खसेको र त्यसपछि तीव्र गतिको ट्रक उनको टाउकोमाथिबाट दौडियो। मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि टोटो र ट्रक चालक फरार भएका छन्। खबर पाएलगत्तै गजोल प्रहरी चौकी घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज र अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement