राजगञ्ज: आज स्थानीय मानिसहरूले रायगन्ज पोस्ट अफिसदेखि भोालापाडा हुँदै चाउलहाटीसम्मको लगभग साढे आठ किलोमिटर सडकको मांग गर्दै पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले आज सुभाषपल्ली इलाकाको सड़क जाम गरेर विरोध प्रदर्शन गरे। उक्त सड़क भएर दिनहुँदै हजारौं मानिसहरू आवतजावत गर्ने गर्दछन्। लगभग ५ वर्षदेखि यो सड़कको मरमत्ति भएको छैन।यसैको विरोधमा आज स्थानीय मानिसहरूले उक्त सडकको मरमति गरिदिने माग गर्दै पथ अवरोध गरेर विरोध प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज संयुक्त बीडीओ र राजगञ्ज पुलिस घटनास्थलमा पुगे। प्रशासनद्वारा एक सप्ताहको अवधि उक्त सड़कको मरमति कार्य शुरू गर्ने आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो। स्थानीय मानिसहरूले बताए अनुसार धेरै वर्ष अघिदेखि उक्त सड़कको मरमतिको लागि टेन्डर पास भइसकेको छ। सड़क मरमतिको कार्य गरिने आश्वासन दिए तापनि हालसम्म यसको मरमति गरिएको छैन। सडक जर्जर अवस्थामा रहेकोले प्रायः जसो सडक दुर्घटना हुने गरेको साथै सड़क किनारमा रहेको घरहरू धुलोले ढाक्ने गर्दछ। यसैले गर्दा आज स्थानीय मानिसहरूले सडकको मरमति गरिदिने माग गर्दै पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा सुखानी ग्राम पञ्चायत प्रधान सम्पा दत्तले भनिन्, लगभग पाँच वर्षदेखि उक्त सड़क जर्जर अवस्थामा रहेको छ यसको मरमतिको लागि धेरैपल्ट टेन्डर भरे तापनि विभिन्न कारणले गर्दा रद्द भएको तिनले बताइन्। तथापि, चुनाउ अघि नै सड़कको मरमति गरिने तिनले आश्वासन दिइन्।