तराई क्षेत्रको भ्रमणमा गोरामुमो अध्यक्ष मन घिसिङ

photocollage_202211121720358.jpg

मिरिक: आज तराईको विभिन्न क्षेत्रको भ्रमण गोरामुमो अध्यक्ष मन घिसिङले गरे। तिनले आज तराईको पानीघट्टा, निरपानी, लोहागड च्याङ्गा, एमएम तराई अनि अर्डको विभिन्न क्षेत्रको भ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले उक्त क्षेत्रका गोरामुमो कार्यकर्ताहरूसित पनि भेटघाट गरेर विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरे।

यस अवसरमा तिनले वर्तमान पहाडको राजनैतिक परिवेश, दिल्लीको वार्ता लगायत पञ्चायत चुनाउ सम्बन्धि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिए।

About Author

Advertisement