१२ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा शनिवार पोखरीबुङ्ग एफसी-ले सजिलै जीत हासिल गऱ्यो । माझीधुरा खेल मैदानमा आज भएको पहिलो म्याचमा पोखरीबुङ्ग एफसी-ले प्लुङदुङ एफसी-लाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट इशान्त राई र भवनेश राईले २-२ गोल गरे। यसबाहेक श्याम राई र सञ्जीव राईले १-१ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।