फीफा वर्ल्ड कपः एम्बाप्पे, बेञ्जेमाको साथ २५ सदस्यीय टीम लिएर कतर जाने फ्रान्स

IMG-20221112-WA0102.jpg

१२ नोभेम्बरः वर्तमान च्याम्पियन फ्रान्सले कतरमा हुने फीफा वर्ल्ड कप २०२२-को निम्ति टीमको घोषणा गऱ्यो। मुख्य प्रशिक्षक दिदिएर डेसच्याम्प्सले घोषणा गरेको २५ सदस्यीय टीममा सेण्ट्रल डिफेण्डर राफाएल भाराने र प्रेसनेल किम्पेम्बेले स्थान पाए। यसबीच गोलकीपर माइक मेगनानको साथमा पल पोग्बाले चाहिँ टीममा स्थान बनाउन असफल रहे। साल २०१८-को वर्ल्ड कप विजेता फ्रान्स यसपाली ग्रुप डी-मा अष्ट्रेलिया, ट्यूनिशिया र डेनमार्कसँग रहेको छ। टीमले २३ नोभेम्बरमा अष्ट्रेलिया विरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। डेसच्याम्प्सले घोषणा गरेको टीममा कीलियन एम्बाप्पे र करीम बेञ्जेमाको उपस्थितिले आक्रमण पंक्ति निक्कै दह्रिलो देखिएको छ। फ्रान्सले १९९८ पछि २०१८-मा वर्ल्ड कप जितेको थियो। रुसमा फ्रान्सले क्रोएशियालाई फाइनलमा ४-२-ले पराजित गरी ट्रफी जितेको थियो। यसरी फ्रान्सको यसपाली तेस्रोपल्ट ट्रफी जित्ने लक्ष्य रहेको छ।
वर्ल्ड कपको निम्ति फ्रान्सको टीमः
गोलकीपरः अल्फोने एरेओला, ह्यूगो लोरिस, स्टीव मान्दान्दा।
डिफेण्डरः लुकास हर्नाण्डेज, थिओ हर्नाण्डेज, प्रेसनेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुलेस कौण्डे, बेञ्जामिन पाभार्ड, विलियम सालिबा, डेयोट उपामेकानो, राफाएल भाराने।
मीडफिल्डरः एडुआर्डो कामाभिंगा, यूसुफ फोफाना, माटेओ गुयेनडौजी, एड्रिएन रेबिओट, औरेलिएन चौएमेनि, जोर्डन भेरेटाउट।
फरवर्डः करीम बेञ्जेमा, किंग्स्ले कोमान, ओस्माने डेम्बेले, ओलिभर गिरोड, एण्टोनी ग्रीजम्यान, कीलियन एम्बाप्पे, क्रिस्टोफर कूंकू।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement