भारतीय क्रिकेट टीम नयाँ चोकर्सः कपिल देव

IMG-20221112-WA0081.jpg

१२ नोभेम्बरः महान अलराउण्डर कपिल देवले टी२० वर्ल्ड कपको सेमिफाइनलमा ईंग्ल्याण्ड विरुद्ध १० विकेटले निराशाजनक हारको सम्मुखीन हुने वर्तमान भारतीय टीमलाई चोकर्स-को खिताब दिए। खेलहरूमा चोकर्स ती टीमहरूलाई भनिन्छ, जो महत्त्वपूर्ण म्याचहरूमा पराजित हुने गर्छ। गत ६ वटा वर्ल्ड कपमा भारतीय टीम पाँचौंपल्ट नक्आउट चरणमा पराजित भएर टुर्नामेण्टबाट बाहिर भयो। कपिलले भने, म धेर कड़ा शब्दमा टीमको आलोचना गर्दिन कारण यी सब त्यही खेलाड़ीहरू हुन् जसले हामीलाई खुशीयाली मनाउने मौका पनि दिएका थिए तर म यस टीमलाई चोकर्स चाहिँ भन्न सक्छु। यो ठीक रहनेछ। हामी यति नजिक पुगेर पनि पराजित भइरहेका छौं अनि यस कुरालाई अस्वीकार गर्न सकिँदैन। भारतलाई १९८३-मा पहिलोपल्ट विश्व च्याम्पियन बनाउने कप्तानले यसको साथमा भने, प्रशंसकहरूले सेमिफाइनलमा हारको निम्ति टीमको लगातार आलोचना पनि गर्नु हुँदैन। भारतले खराब क्रिकेट खेलेको कुरा सही हो तर केवल एउटा म्याचको आधारमा अत्याधिक आलोचना गर्नु पनि उचित हुनेछैन।
कपिलले भने, अहिले म्याच समाप्त भइसकेको छ। यसैकारण अब भारतीय टीमको आलोचना गर्नु उचित हुनेछैन। उनीहरूले खराब क्रिकेट खेले अनि आलोचना हुनु स्वाभाविक कुरा हो। सेमिफाइनल म्याचमा ईंग्ल्याण्डले पीच र परिस्थितिलाई बुझेर हामीभन्दा राम्रो क्रिकेट खेल्यो। यसको निम्ति उनीहरू पनि बधाईको हकदार छन्। उल्लेखनीय छ, भारतले अन्तिमपल्ट २०१३-मा कुनै आईसीसी टुर्नामेण्ट जितेको थियो। त्यस समय भारतले फाइनलमा ईंग्ल्याण्डलाई पराजित गरेको थियो। त्यसपछि भारतीय टीम २०१४ टी२० वर्ल्ड कपको फाइनल, २०१५ वनडे वर्ल्ड कपको सेमिफाइनल, २०१६-मा टी२० वर्ल्ड कपको सेमिफाइनल, २०१७-मा च्याम्पियन्स ट्रफीको फाइनल, २०१९-मा वनडे वर्ल्ड कपको सेमिफाइनलमा पराजित भएको थियो। यसको साथै भारतीय टीम २०२१-मा वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल र २०२२-मा टी२० वर्ल्ड कपको सेमिफाइनलमा पराजित भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement