१२ नोभेम्बरः उरुग्वेका मुख्य प्रशिक्षक डिएगो अलोन्सोले कतरमा हुने फीफा वर्ल्ड कपको निम्ति २६ सदस्यीय टीमको घोषणा गरे, जसमा स्टार स्ट्राईकर लुइस सुआरेज र एडिन्सन कवानीको साथमा एकाधिक अनुभवी खेलाड़ीहरूलाई स्थान दिइएको छ। सुआरेज र कवानी दुवै ३५ वर्षका हुन्। कतरमा यी दुवैले आफ्नो चौथो अनि सम्भवत अन्तिम वर्ल्ड कप खेल्नेछन्। टीममा ३६ वर्षीय डिफेण्डर डिएगो गोडिनलाई पनि सामेल गरिएको छ। यसको साथमा गोलकीपर फर्नाण्डो मुसलेरा र मार्टिन कासेरेस जस्ता अनुभवी खेलाड़ी पनि सामेल छन्। उरुग्वेको टीम ग्रुप एच-मा पोर्तुगल, दक्षिण कोरिया र घानासँग रहेको छ। कतरमा टीमको पहिलो म्याच २४ नोभेम्बरमा दक्षिण कोरिया विरुद्ध रहेको छ। प्रशिक्षकले बार्सिलोनाका डिफेण्डर रोनाल्ड अराउजोलाई पनि टीममा राखेका छन् तर उनको खुट्टाको चोट अहिलेसम्म निको भएको छैन।
फीफा वर्ल्ड कपको निम्ति उरुग्वेको टीमः
गोलकीपरः फर्नाण्डो मुसलेरा, सर्जियो रोचेट, सेबेस्टियम सोसा
डिफेण्डरः डिएगो गोडिन, जोसे मारिया गिमिनेज, सेबेस्टियम कोट्स, मार्टिन कासेरेस, रोनाल्ड अराउजो, माथियास ओलिवेरा, गुलीरेमो वारेला, मातिआस भिना, जोस लुई रोड्रिगेज।
मीडफिल्डरः माथियास वेसिनो, रोड्रिगो बेण्टांकर, फेडरिको भालभर्दे, लुकास टोरेरा, मेनुअल उगार्टे, फाकुण्डो पेलिस्ट्री, निकोस डी ली क्रूज, जर्जियन डी अरास्काएटा, अगस्टिन कानोबिया, फाकुण्डो टोरेस।
फरवर्डः डार्विन नुनेज, लुईस सुआरेज, एडिन्सन कवानी, मेक्सिमिलियानो गोमेज।