गान्तोक: भोलि हुने पञ्चायत चुनाउको मतगणनालाई लिएर मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी डा. एबी कार्कीले मतगणनाको निम्ति खटिएका अधिकारीहरूलाई प्रशिक्षण प्रदान गरे। मंगन जिल्लाको जिल्ला भवनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा चुनाउ पर्येवेक्षक डिकी योञ्जन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. कार्कीले विशेष गरेर मतगणनाको प्रक्रियाबारे उदाहरण दिँदै सबैले इमान्दारपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने आग्रह गरे। मतगणनाको समयमा उत्पन्न हुने विभिन्न समस्या साथै चुनौतीको अधिकारीहरूले सामना गर्नुपर्ने सुझाउ दिए।