गेजिङमा बालाचतुर्दशी पूजा साथै मेला आयोजनालाई लिएर तयारी सभा सम्पन्न

IMG-20221111-WA0293.jpg

गेजिङ: आगामी २२ नोभेम्बर देखि सम्पन्न हुने बालाचतुर्दशी पूजा साथै मेला आयोजनाको तयारीलाई लिएर आज गेजिङ बर्मेक निर्वाचन क्षेत्रअन्तर्गत पश्चिम र दक्षिणको संगम मानिने लेग्सेप किराँतेश्वर शिव धामको सभागृहमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। मन्दिर समितिका अध्यक्ष तथा सिक्किम सरकारका कृषि,बागवानी,पशुपालन तथा श्रम विभागका मन्त्री एवं सम्बन्धित क्षेत्र विधायक लोकनाथ शर्माले अध्यक्षता गरेको सभामा समितिका, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सिक्किम दुग्ध सहकारी संस्थाका अध्यक्ष, विभागीय अधिकारी, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका जिल्ला एवं क्षेत्र स्तरीय समितिका अध्यक्ष,पार्टीका क्षेत्र स्तरीय विभिन्न प्रकोष्ठका संयोजक लगायत अन्यको सहभागीता रहेको थियो।

लेग्सेप किराँतेश्वर शिवालय मन्दिरमा वार्षिक रूपमा बालाचतुर्दशी पूजा,हवन साथै मेलाको आयोजना गरिन्छ भने गत वर्षदेखि गंगा आरती पनि शुरु गरिएको छ। यसपाली पनि २२ नोभेम्बरदेखि यहाँ बालाचतुर्दशी पूजा साथै मेलाको शुभारम्भ हुने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले यस अवसरमा मुख्य अतिथिको रूपमा सहभागिता जनाउने मन्त्री नेपालले जानकारी गराएका छन्। कार्यक्रमको अवसरमा लेग्सेप सामुदायिक खेल मैदानमा सम्पन्न हुने फुट्बल प्रतियोगिता र मेलाको उद्घाटन सहित यस परिसरमा निर्माण हुने पर्यटन केन्द्रको निम्ति भूमिपूजन तथा शिलान्यास गरी गंगा आरतीमा सहभागीता जनाउने छन्। मन्त्री लोकनाथ शर्माले यो कार्यक्रमलाई सबैको समन्वयमा सफल बनाउनु पर्ने अनुरोध गरे। उनले समिति साथै विभागीय अधिकारीहरूलाई सक्रिय रूपमा कार्यक्रमको तयारीमा लाग्नुपर्ने अपील गर्दै सबैको भूमिका र दायित्वबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement