‘कमनवेल्थ चेस च्याम्पियनशिप २०२२’ मा आर्बिटर चयनित फिडे आर्बिटर महेन्द्र ढकाल

photocollage_20221111231742578.jpg

गान्तोक: आगामी १३ देखि २३ नोभेम्बरसम्म श्रीलंकाको कालुथारामा आयोजन हुन लागिरहेको ‘कमनवेल्थ चेस च्याम्पियनशिप २०२२’ मा आर्बिटरको रूपमा सेवा पुऱ्याउन फिडे आर्बिटर महेन्द्र ढकाल आज श्रीलंका प्रस्थान भएका छन्। उक्त प्रतियोगिताको आयोजना इन्टरनेशनल चेस फेडरेशन र कमनवेल्थ चेस एसोसिएशनको पक्षमा चेस फेडरेशन अफ श्रीलंकाले गरिरहेको छ।

उक्त च्याम्पियनशिपका लागि भारतबाट केवल दुईजना आर्बिटर आमन्त्रित गरिएको छ, जस मध्ये एकजना सिक्किमका महेन्द्र ढकाल हुन्। अर्का आर्बिटर पश्चिम बंगालबाट रहेका छन्। ढकालले यस अघि तमिल नाडुको चेन्नाईमा सम्पन्न भएको ४४औं फिडे चेस ओलम्पियाड २०२२ मा पनि सेवा पुऱ्याएका थिए। उनी सिक्किम चेस एसोसिएशनका महासचिव र अल इण्डिया चेस फेडरेशनका संयुक्त सचिव पनि हुन्।

ढकालले ‘कमनवेल्थ चेस च्याम्पियनशिप २०२२’ जस्तो अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा एक आर्बिटरको रूपमा सहभागी बन्ने सनौलो अवसर प्राप्त भएकोमा हर्ष व्यक्त गरे। उनले यस प्रतियोगितामा एक सिक्किमेको रूपमा आफ्नो राज्य अनि देशलाई प्रतिनिधित्व गर्न पाउनु ठूलो गर्वको विषय रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement