११ नोभेम्बरः सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले अलिपुरद्वारको कोहिनुर टी गार्डनमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। कोहिनुर टी फूटबल कमिटीको तत्त्वावधानमा आयोजित यस आमन्त्रणी फूटबल टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको म्याचमा ब्राइट स्पोर्टिंग क्लबले झारखण्ड एफसी-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राणा रोयले २ गोल गरे। यसबाहेक अनिमेश रोय र खोकन रोयले १-१ गोल गरे। राणा रोयलाई प्लेयर अव् द म्याच चयन गरियो।