रकमजोत एफसी क्वार्टर फाइनलमा

IMG_20221111_230823.jpg

११ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा रकमजोत एफसी-ले क्वार्टर फाइनलको टिकट हासिल गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा रकमजोत एफसी-ले जाबरा एफसी-लाई १-०-ले पराजित गऱ्यो। म्याचको एकमात्र गोल सुजन विश्वकर्माले छिराए। अब शनिवार खेलिने म्याचमा एमएम तराईले सेण्ट्रल बस्ती एफसी-को चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement