११ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा आज भएको पहिलो म्याचमा पोटांग एफसी-ले फुवागढ़ी एफसी-लाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा फुवागढ़ी एफसी-बाट मोसेसले २६औं अनि पोटांग एफसी-बाट शेरोफले ४४औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा लोहागढ़ एफसी-ले मञ्जु एथलेटिक क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीपले १५औं र ३९औं मिनटमा २ गोल गरे। यसबाहेक वांगचुक तामाङले 67औं मिनटमा गोल गरे।

यसरी नै मञ्जु एथलेटिक क्लबबाट निवासले २२औं अनि अश्विनले ५८औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।