सिलगढी: सिलगढी महानगरीय प्रहरीको स्पेशल अपरेशन ग्रुप र एनजेपी थानाको पुलिसले विशेष अभियान चलाएर फुलबारी क्षेत्रबाट २.५ करोडको ब्राउन सुगर बरामद गरेको छ। यस घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जानकारीका अनुसार ब्राउन सुगरलाई माल्दाबाट सिलगढीमा बेच्ने उद्देश्यले ल्याइएको थियो। पक्राउ पर्नेहरुको नाम आरिफ शेख र नसीमुल हक रहेको छ। दुवै मालदा जिल्लाको कालियाचकका बासिन्दा हुन्। बरामद ब्राउन सुगरको तौल करिब १ किलो ३ सय ग्राम रहेको छ। यसको बजार मूल्य करिब साढे दुई करोड रुपैयाँ छ।