शिव थापा एलिट बक्सिङ च्याम्पियनशिपको फाइनलमा प्रवेश

Indian-Boxer-Shiv-thapa-1-1667897230-1024x580-1.jpg

अम्मान: शिव थापा, गोर्खे छोरो जसले हालसम्म छ पल्टका एशियाई पदक विजेताको खिताब पाइ सकेका छन्। उनै गोर्खे छोरो शिव थापा (६३.५ किग्रा) ले आफ्नो उत्कृष्ट प्रस्तुति जारी राख्दै अम्मान, जर्डनमा चलिरहेको एएसबीसी एशियाई एलीट बक्सिङ च्याम्पियनशिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा शिवको भिडन्त २०१९ एशियाई च्याम्पियन ताजिकिस्तानको बखोदुर उस्मानोवसॅंग भएको थियो। शिवले आफ्नो विशाल अनुभव र सामरिक कौशलको प्रयोग गर्दै आफ्नो युवा प्रतिद्वन्दीलाई ४:१ले पराजित गरे।
शिव थापाले २०२१ एशियाई च्याम्पियनशिपको सेमिफाइनलमा पनि बखोदुरलाई हराएका थिए। बक्सिङ फेडरेशन अफ् इण्डिया (बीएफआई) को प्रेस विज्ञप्ति अनुसार, शनिवार फाइनलमा शिव थापाको भिडन्त उज्बेकिस्तानको अब्दुल्ला रूस्लानसॅंग हुनेछ।अर्कातिर, सुमित र गोविन्द कुमार साहनी आफ्ना सेमिफाइनल खेलमा पराजित भएका छन्। दुवैले कांस्य पदकमा सन्तोष गर्नु पऱ्यो। गोविन्द (४८ किग्रा) लाई कजाकिस्तानको संझर ताशकेनबेले ४-० ले हराए। सुमित (७५ किग्रा) लाई उज्बेकिस्तानका वर्तमान एशियाई च्याम्पियन जाफरोव सैदजामशीदले ५:० ले हराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement