मतपत्रहरू वार्ड अनुसार छुट्याउने कार्य

IMG_20221111_204943.jpg

पाकिम: पाकिम जिल्लाका मतदाताहरूले पञ्चायत चुनाउमा जिल्ला र वार्ड पञ्चायतका उम्मेदवारहरूलाई हालेका मतपत्रहरू आज डिकलिङ उच्चतर माध्यमिक विद्यालयमा वार्ड अनुसार छुट्याउने कार्य गरियो। मतपत्रहरू छुट्याइएपछि त्यसलाई सील गरेर सम्बन्धित ठाउॅंहरूमा मतगणनाको निम्ति पठाइने बताइएको छ।
मतपत्र छुट्याउने कार्य मतपत्रका लागि नोडल अधिकारी (बागवानी विभाग-पाकिमका संयुक्त निदेशक) छोपेल भोटिया र (कृषि विभाग-पाकिमका संयुक्त निदेशक) डा. प्रताप सुब्बाको निगरानीमा गरिएको थियो। मतपत्रहरू छुट्याइएपछि रम्फूमा ल्याइएर सम्बन्धित जिल्ला अनुसार हस्तान्तरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement