अर्ध पक्की घर आगलागीमा जेलर खरानी

Screenshot_20210406-183728.png

गान्तोक: एउटा अर्ध पक्की घर आगलागीमा जेलर खरानी भएको छ। उक्त घटना मंगन जिल्लाको फुदोङ पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर लिङचोममा भएको हो। यस घटनामा जनहानि नभए पनि पीड़ित परिवारले सर्वस्व गुमाएका छन्।

पुलिस रिपोर्ट अनुसार, उत्तर सिक्किमको अप्पर लिङचोम, काबीमा बिहीवार अबेर राति छिरिङ शेर्पा र थिलेन छिरिङ (संयुक्त परिवार) अर्ध पक्की घरमा आगो लाग्यो। स्थानीय मानिसहरू र पुलिसको प्रयासपछि राति लगभग २.३० बजी आगोलाई नियन्त्रित गरियो। आगलागीमा जनहानि भए, तर घरका छोसुम, सर-सामग्री, लुगाफाटा, केही पैसा सबै जलेर खरानी भएका छन्।

आगलागीको कारण थाहा हुन सकेको छैन। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement