हत्याका अभियुक्तलाई ११ वर्षपछि आजीवन कारावास को फैसला

IMG_20221111_194826.jpg

बोक्सीको आशंकामा महिलाको हत्या गरेको थियाे

सिलगढी: सिलगढी महाकुमा परिषद अन्तर्गत एमएम तराई क्षेत्रमा बोक्सी भएको आशंकामा एक महिलाको हत्या गरेको झण्डै ११ वर्षपछि सिलगढी महाकुमा अदालतले दोषीलाई आजीवन कारावासको सजाय सुनाएको छ। यससँगै अदालतले दोषीलाई २० हजार रुपियाँ जरिवाना सुनाएको छ। सरकारी वकिल अमिताभ मुखर्जीले यस घटनाको मुद्दाको सुनुवाइ विगत ११ वर्षदेखि चलिरहेको बताए। १५ जनाको बयानका आधारमा आज न्यायाधीशले अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement