नयाँ दिल्ली: केन्द्रीय कृषि सचिव मनोज अहुजाको अध्यक्षतामा केन्द्रीय बागवानी संस्थान, मेडजिफेमा नागाल्याण्डमा समीक्षा बैठक गरिनेछ। भारत सरकारको कृषि तथा कृषक कल्याण विभागले नागाल्याण्ड सरकारको कृषि एवं बागवानी विभागको सहयोगमा पूर्वोत्तर राज्यहरूमा कार्यान्वित केन्द्रीय कृषि एवं कृषक कल्याण मन्त्रालयका विभिन्न योजना अनि कार्यक्रमको संयुक्त रूपमा समीक्षा अनि चर्चा गर्नेछ जसमा राष्ट्रिय खाद्य तेल अभियान पाम तेल, राष्ट्रिय खाद्य तेलजन्य फसल अभियान, एकिकृत बागवानी विकास अभियान (एमआईडीएच), पूर्वोत्तर क्षेत्रका लागि जैविक अभियान मूल्य शृङ्खला विकास अभियान, राष्ट्रिय कृषि विकास योजना (आरकेभीवाई), कृषक उत्पादक सङ्गठनको (एफपीओ) गठन एवं प्रवर्तन, राष्ट्रिय बाँस अभियान र राष्ट्रिय मौरी पालन एवं मह अभियान (एनबीएचएम) सामेल रहनेछ।
समीक्षा बैठकमा केन्द्र प्रायोजित योजनाहरूको समुचित कार्यान्वयनका साथै बागवानी फसल, पाम तेलको विस्तार, जैविक खेतीलाई प्रोत्साहन तथा स्टार्टअप्सहरूको स्थापनाका लागि अवसर, एफपीओहरूको गठन, विपणन तथा निर्यात अवसरहरूबारे विस्तारका साथ चर्चा गरिनेछ। कार्यक्रममा कृषि तथा कृषक कल्याण विभागका अतिरिक्त सचिव, कृषि आयुक्त, बागवानी आयुक्त, संयुक्त सचिव तथा सम्बन्धित अधिकारीहरूले भाग लिनेछन्। यसका साथै पूर्वोत्तर राज्यहरूका वरिष्ठ अधिकारीलगायत हितधारकहरूले पनि पूर्वोत्तर क्षेत्रमा कृषि अनि बागवानीको विकाससित सम्बन्धित विषयहरूलाई सम्बोधित गर्ने रणनीति अख्तियार गर्न संवाद गर्नेछन्। -पीआईबी