चुंगथुंग युनाइटेड प्री-क्वार्टर फाइनलमा

photocollage_20221111185020836.jpg

११ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा शुक्रवार चुंगथुंग युनाइटेडले सजिलै जीत हासिल गऱ्यो। माझीधुरा खेल मैदानमा आज भएको म्याचमा चुंगथुंग युनाइटेडले एभरेष्ट एफसी (सुकिया)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मेण्डिस मंगरले ह्याट्रिक गरे। यसबाहेक उज्जल दाहालले १ गोल गरे। यसरी नै एभरेष्ट एफसी-बाट रिषिले १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement