११ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा शुक्रवार युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) भेटरन्सले सजिलै जीत हासिल गऱ्यो। मेला ग्राउण्डमा भएको म्याचमा यूकेएफसी भेटरन्सले सिन्कोना भेटरन्स (मन्संग)-लाई ४-१-ले पराजित गऱ्यो। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।