उर्वरक को कालोबजारी रोक्न माग गर्दै किसानको जुलुस, कृषि अधिकृतलाई ज्ञापनपत्र

IMG_20221111_174219.jpg

जलपाईगुडी: उर्वरक को कालोबजारी रोक्न माग गर्दै किसानहरूले शुक्रबार जलपाईगुडी जिल्ला कृषि अधिकारीको कार्यालयसम्म जुलुस निकाले। जुलुसमा ठूलो संख्यामा किसानहरुको सहभागिता रहेको थियो। यी किसानले सहरका विभिन्न मार्ग परिक्रमा गर्दै जिल्ला कृषि अधिकारीको कार्यालय पुगेर कृषि अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए। आलु रोप्ने समय आएलगत्तै उर्वरक को कालोबजारी सुरु भएको र विषादीको गुनासो आउन थालेको कृषकको गुनासो छ। यससँगै समयमै उर्वरक र विषादी नपाएको किसानको आरोप छ। उर्वरक को कालोबजारी रोक्न माग गर्दै शुक्रबार जिल्लाका विभिन्न स्थानका किसानले जुलुस निकालेर जिल्ला कृषि अधिकारीको कार्यालयमा धर्ना दिएका थिए ।पसलबाट उर्वरक खरिद गर्दा पटक–पटक रसिद नदिएको पनि किसानले बताएका छन्। रसिद मागेपछि किसानले व्यापारीसँग मौखिक वादविवाद गर्छन्। सोही क्रममा किसानहरुले प्रशासनले असहयोग गरेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement