आलीपुरद्वार: गुप्तचरको आधारमा वन विभागले शुक्रबार काल्चिनी ब्लकको ह्यामिल्टनगञ्ज क्षेत्रबाट अवैध काठसहित तीन साइकल बरामद गरेको छ। तर, वनकर्मीलाई देखेपछि तस्करहरू भाग्न सफल भएका थिए। वन विभाग स्रोतका अनुसार आज गोप्य सूचनाका आधारमा बक्साबाग आयोजनाको पाना मोबाइल रेन्जका वन कर्मचारीले छापा मारेर अवैध काठ र साइकल बरामद गरेको हो।