सम्मान अनि विदाई कार्यक्रम

मिरिक: मिरिक महकुमा माध्यमिक विध्यालय सम्बर्धना समितिले शुक्रबार मिरिक रङ्गशाला भवनमा सम्मान अनि विदाई कार्यक्रमकाे आयाेजना गर्याे। आयाेजक समितिका अध्यक्ष सन्जीत तामाङकाे अध्यक्षता अनि विनाेदसिहं खाती अनि अशाेक तामाङकाे संचालनमा भएकाे सम्मान अनि विदाई कार्यक्रममा थर्बु उमाविका शिक्षक प्रभारी सूरज गुरूङ, मरमा प्रेमसुन्दर उमाविका शिक्षक प्रभारी तिलक घिमिरे,रविन्द्रनाथ उमाविका शिक्षक प्रभारी कैलास वान्तवा, मिरिक उमाविका शिक्षक प्रभारी सुवास खाती,फुवागढी उमाविका शिक्षक प्रभारी पेमा लामा, पुटुङ उमाविका शिक्षक प्रभारी महेन्द्र माेक्तान, पानीघट्टा उमाविका शिक्षक प्रभारी कमल कुमार छेत्री, बुङकुलुङ जुनियर हाइ स्कूलका शिक्षक प्रभारी विनाेद सुब्बा, मन्जु जुनियर हाइ स्कूलका शिक्षक प्रभारी सत्येन राई लगायत विबिन्न विध्यालयका शिक्षक शिक्षिकाहरूकाे उपस्थिति थियाे। आयाेजक समितिका सचिव विवेक नेवारले स्वागत सम्बाेधन गरेकाे कार्यक्रममा रविन्द्रनाथ उमावि, फुवागढी उमावि अनि शिक्षक रमेश गजमेरले स्वागतगीत प्रस्तुत गरे। उक्त अवसरमा मिरिक महकुमाभरिकाे विभिन्न उच्च माध्यमिक विध्यालयका अवकाशप्राप्त शिक्षक, शिक्षिका अनि अशिक्षण कर्मचारीहरू एमके तामाङ, प्रेम गिरी, बुद्ध लामा, ग्यालबाे लामा,रमेस थापा, दिलीप कुमार गुरूङ, याेगेन्द्र खाती, मदन माेहन मण्डल, पार्वती माेक्तान, वानिरा थापा अनि सुजता नाेर्देनलाई आयाेजक समितिले जातीय टाेपी, ताम्रापत्र, उपहार आदि प्रदान गरेर सुखमय अवकाशप्राप्त जीवनकाे कामना गर्दै सम्मान अनि विदाई जनायाे। कार्यक्रममा शिक्षिकाहरू श्रीमती ममता पाैड्याल, प्रजानिका ठटाल, शिक्षक प्रवीण गजमेर आदिले गीत प्रस्तुत गरे भने वरदान राई,मनाेहर शर्मा, सन्जीत तामाङ आदिले कविता पाठ गरे। विदाई शिक्षकहरूकाे पक्षमा रविन्द्रनाथ उमाविका पूर्व प्रधान अध्यापक ग्यालबाे लामाले सम्बाेधन गर्दै भब्य कार्यक्रम माझ विदाई गरेकाेमा आयाेजक समितिप्रति आभार प्रकट गरे। यसभन्दा अघि विदाई शिक्षक शिक्षिकाहरूलाई मिरिक उमावि परिसरदेखि रङ्गशाला भवनसम्म ब्याड बाजाकाे साथमा लगिएकाे थियाे। यस अवसरमा बाेल्दै आयाेजक समितिले विशेष गरि याे वर्षकाे कार्यक्रममा भाषा अनि संस्कृतिलाई ध्यानमा दिएर आयाेजना गरिएकाे बताए।कार्यक्रम मिरिक महकुमा माध्यमिक विध्यालय सम्बर्धना समितिले आयाेजना गरेपनि विशेष भार रविन्द्रनाथ उमावि अनि फुवागढी उमाविकाे रहेकाे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement