मङ्पु: जिटिएका मुख्य कार्यपाल अनित थापाको निर्देशमा आजदेखि डिस्ट्रिक स्कुल बोर्ड चेयरम्यान बिजय कुमार राई साथै डीआई देवनाथ सेठले प्राथमिक पाठशालाहरूको भ्रमण तथा निरीक्षण शुरू गरे। भ्रमणको क्रममा आज सिटोङ-लाटपञ्चर समष्टि अन्तर्गत विभिन्न स्कुलहरूबाट जिल्ला पाठशाला बोर्डका सदस्य शिशिर राईको नेतृत्वमा आज निरीक्षण गरियो।

उक्त निरीक्षण टोलीमा एचटीपीटीए मङ्पू सर्कल सभापति सन्त कुमार खवास साथै शिक्षकहरू पदम बहादुर गुरुङ, तेन छिरिङ लेप्चा, राजेन थापा, रामलाल जिम्वाहरूको सहभागितामा रहेको थियो आज उक्त टोलीले सिटोङ (१) अवस्थित मानवीर जुनियर बेसिक स्कुल, पोखरी टार प्राथमिक स्कुल, छुला प्राथमिक स्कुल साथै अन्य शिक्षण संस्थानहरूमा गएर निरीक्षण गरे।









