हाम्रो पार्टी त्यागेर ६७ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20221111-WA0152.jpg

खरसाङ: खरसाङको नयाँ बजारस्थित टाउन हलमा आयोजित सभामा हाम्रो पार्टीका नेतृत्व अनि कार्यकर्ताहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड खरसाङ भ्रमणमा रहेको समय नै हाम्रो पार्टीको ६७ घरहरू भागोप्रमोमा सामेल भएको दाबी गरिएको छ। सामेल हुनेहरूमा तीनधारे महानदी समष्टि अन्तर्गत हाम्रो पार्टी महानदीका मूल सचिव रोनित राई अनि घुम्ती कमानका राजेन राई, सेक्रेटरीको नेतृत्वमा हाम्रो पार्टी त्यागेर ५४ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यो भन्दा अघि पनि ६२ परिवारहरू भागोप्रमोमा सामेल भएका थिए।
यसै गरी गाडीधुराबाट रामकृष्ण छेत्रीको नेतृत्वमा १३ जनाले हाम्रो पार्टी त्यागेर भागोप्रमोमा सामेल भएका छन्। छेत्री हाम्रो पार्टीका स्थापना समय देखिका नेता हुन्।
गत तीन दिनदेखि हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स खरसाङ भ्रमणमा रहेका छन्।
उक्त समर्थन सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको महासचिव एंव मनोनित सभासद प्रणाम रसाइलीले स्वागत भाषण राखेका थिए। उनले भन, पहाडको समस्या सुल्झाउने भिजन अनि सोच लिएर अघि बढ्ने नेतृत्व अनित थापा हुन्।”
खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले सामेल हुनेहरूलाई पार्टीमा स्वागत जनाउँदै भने, “पार्टी अध्यक्ष साथै जीटीए चिफ अनित थापाको कुशल नेतृत्व अनि पहाडप्रतिको उनको भिजनलाई टेवा पुर्याउने खरसाङ महकुमा समितिको टिम वर्कको प्रतिफल हो आजको समर्थन कार्यक्रम। पहाडलाई अनित थापाको भिजन अनुरूप अघि लैजान हामी पहाड एक भएका छौं। अब फुटेर होइन जुटेर नै पहाडलाई नयाँ पहाड बनाउने छौं।”

खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानको सभापतित्वमा उक्त समर्थन सभा आयोजना भएको थियो। सभामा सभासद्हरु रतन थापा, कल्पना प्रधान, नवराज छेत्री, प्रणाम रसाइली, श्याम शेर्पाको उपस्थिति रहेको थियो। त्यसरी नै पार्टीका केन्द्रीय अनि महकुमा समितिका प्रमुख नेतृत्वहरु लक्ष्मण राई, तपेश्वर रावत, प्रभा छेत्री, कुन्दन, अनु प्रधान (नारी शक्ति, अध्यक्ष), जैतून निशा, मैया ठकुरी आदिको पनि उपस्थिति रहेको थियो। सभालाई महकुमा समितिका प्रवक्ता अनुप रामुदामुले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement