सिलगढी: डायमन्ड प्लाजा बिल्डिङको तेस्रो तल्लामा रहेको एउटा अवैध कल सेन्टरमा पुलिसले छापामार अभियान चलायो।यस कल सेन्टरमार्फत् विदेशका मानिसहरूलाई फोन गरेर लोन दिने नाममा ठग्ने गरेको पुलिसले आरोप पाएपछि भक्ति नगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा त्यस सेन्टरमा छापामार अभियान चलाएको बताइएको छ। छापामार अभियान अवधि उक्त कल सेन्टरबाट धेरैवटा कम्प्युटर, हार्ड डिक्स, सीपीयु र केही मोबाइल उद्धार गरेका छन्। यसको साथै पुलिसले कल सेन्टर प्रबन्धनका चारजना क्रमैले सुमन प्रभेस (३०), जसपाल सिंह (२७), नाजिम मोहम्मद खान (२३) र सोनम ग्यात्सो भुटिया (३८) लाई हिरासतमा लिएको छ भने लगभग ३५ जना कर्मचारीलाई सोधखोजको लागि थानामा लगेको थियो घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।साई ट्रेनिङ सर्भिसेज प्रा. लि नामक कम्पनीले सेवक रोडमा रहेको भवनमा यो कल सेन्टर सञ्चालन गरिरहेको बताइएको छ। यहाँ काम गर्ने युवतीलाई प्रयोग गरिन्थ्यो। प्रहरी स्रोतका अनुसार यो कल सेन्टर विगत तीन वर्षदेखि चलिरहेको छ।
कल सेन्टरसँग सम्बन्धित कागजात नदेखाएपछि प्रहरीले कल सेन्टरमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। यससँगै प्रहरीले ठूलो संख्यामा कम्प्युटर, हार्डडिस्क, ल्यापटप, कल सेन्टरमा प्रयोग हुने पेन ड्राइभ र धेरै महत्वपूर्ण कागजात बरामद गरेको छ। प्रहरी अपरेशनका क्रममा यहाँ १८ महिला र १५ युवा कार्यरत थिए। तर, प्रहरीले ती युवक र युवतीलाई प्रहरी चौकीमा लगेर सोधपुछपछि छोडे।