भनिन्छ नि
“मान्छेले आटे के हुन्न
चन्द्रमा पनि भेटिन्छ
अभागी रेखा निधारको
पसिना पुछी मेटिन्छ।”
यही उद्धरणलाई चरितार्थ पार्दै कालेबुङ जिल्लाको एक सानो गाउँ कागे हो।यसै गाउँकी एउटी गोर्खे चेलीले एकै सालमा तीनवटा परीक्षा पास गरेर इतिहास नै रचेकी छिन्।
कागे निवासी कृष्ण बहादुर छेत्री अनि मन्जु छेत्रीकी छोरी इस्मिता छेत्रीले नेट, सेट, जेआरएफ जस्ता प्रतिष्ठित परीक्षा उत्तीर्ण गरेकी छिन्। उनको यस सफलताले सम्पूर्ण परिवार लगायत गाँउवासीलाई गर्वित तुल्याएका छन्।उनी हालमा नॉर्थ बंगाल यूनिवर्सिटी बाट एम फिल गरि रहेका छन्।गोर्खे छोरी इस्मिताको जन्म १९९५ सालमा कागेमा भएको हो।सानैदेखि पडाईमा अब्बल इस्मिताले कागे उच्च विद्यालयबाट माध्यमिक परीक्षा र उच्च माध्यमिक परीक्षा पास गरेकी थिइन्।यसै गरी रिनाक सरकारी महाविद्यालयबाट उनले ग्रेजुएसन पास गरेकी थिइन भने उत्तर बंगाल विश्वविद्यालयबाट स्नातक गरिन्।हालमा उनी उत्तर बंगाल विश्वविद्यालयबाट एम फिल गरिरहेकी छिन्। उनले फरवरी २०२२ सालमा नेट पास गरिन्। यसै गरी अप्रेल २०२२ मा सेट पास गरिन।वर्ष २०२२ को नवम्बर महिनामा उनले जे आर एफ पनि पास गरिन्।इस्मिता छेत्रीलाई हाम्रो तर्फबाट अजस्र शुभकामना र बधाई रहेको छ।