डेङ्गूले १४ वर्षीय छात्राको मृत्यु

18-44-33-dengue-e1662733845670.jpg

कोलकाता: पश्चिम बंगालमा डेङ्गूको स्थिति दिनदिनै खराब बन्दै गइरहेको छ। एकपल्ट फेरि डेङ्गूले १४ वर्षीय छात्राको ज्यान लिएको छ। नाबालिगको बुधवार अबेर राति मृत्यु भएको हो। मृतकको नाम भार्गवी मण्डल हो। उनी हलतुर जादवगढ निवासी थिइन् र कक्षा आठमा अध्ययनरत थिइन्।

बिहीवार पारिवारिक सूत्रहरू बताए अनुसार, गत बिहीवार छात्रा ट्यूशनबाट घर फर्किएपछि टाउको दुख्न शुरू भएको थियो। त्यसपछि, बिस्तारै ज्वरो बढ्न थाल्यो। भार्गवीलाई होम्योपेथीको औषधी दिइएको थियो। तर, शनिवारदेखि छात्राको तापक्रम बढेर १०४-१०५ डिग्री पुग्यो। त्यसपछि परिवारले नानीलाई स्थानीय चिकित्सककहॉं लिएर गए। खूनको जॉंच गराउॅंदा उनलाई डेङ्गू भएको थाहा लाग्यो।

यसपछि, नानीलाई आइतवार एमआर बांगुर अस्पताल लगियो, जहॉं चिकित्सकले केही औषधी लेखेर दिए। अस्पतालमा बेडको कमी रहेको बताउॅंदै भार्गवीलाई घर पठाइयो। पछि, फेरि नानीको स्थिति बिग्रिएपछि परिवारको आग्रहमा सोमवार राति भार्गवीलाई भर्ती गरिएको थियो। तर, बुधवार अबेर राति उनको निधन भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement