गेजिङ: सिक्किममा आज ग्राम अनि जिल्ला पञ्चायत चुनाव सकियो। प्रदेशमा पहिलोपटक पञ्चायतमा दलविहीन पञ्चायतको निर्वाचन भएको हो। सिक्किमका ६ जिल्लाका १९७ ग्राम पञ्चायतका १ हजार १ सय ४७ ग्राम पञ्चायत वार्डका लागि आज बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो। यससँगै जिल्ला पञ्चायतका लागि १२२ प्रादेशिक निर्वाचन क्षेत्रमा पनि मतदान भइरहेको छ। सिक्किममा आज दुई स्तरीय पंचायत चुनावका लागि मतदान भएको हो। जो बिहान आठ बजे सुरु भयो। गान्तोक, नाम्ची, गेजिङ, सोरेङ, पाकयोङ र मंगनका १२२ जिला पंचायतमा आज मतदान भएको छ। यस मतदान मार्फत कुल एक हजार १ सय ४७ ग्राम पंचायत वार्डका लागि प्रतिनिधि चुनिनेछन। गेजिङ जिल्ला अन्तरगतका विभिन्न मतदान केन्द्रहरुमा जिल्लापाल तथा जिल्ला चुनाव अधिकारी यस्ये डी योङ्डाले लुङ्जिक आमबोटे स्कुल, लिङ्चोम वरिष्ठ माध्यम विद्यालयआदि विभिन्न स्थानका बुथहरुमा भ्रम गरेकी छन्। यस चुनाव पार्टीगत नभएर स्वतन्त्र उमेदवारहरु चुनावी मैदानमा खडा थिए। जहाँ १८ वर्ष माथिका मतदाताहरुले मत खसालेका छन्। गत एक महिना अघिदेखि राज्यमा चलेको चुनावी माहोल आज मतदान पछि सरकारी नियम अनुसार सम्पन्न भयो। गेजिङ जिल्लामा ७६%, सोरेङ ६९, नाम्ची ६९.०४, गान्तोक ६२.०५, पाक्योङ ५४ अनि मंगनमा ६० प्रतिशत मतदान भएको चुनाव आयोगले जानकारी दिएको छ। यस वर्षको चुनाव विगतको भन्दा धेरै चाखलाग्दो अनि प्रतिपर्धाको रूपमा भएकोछ। हिजोबाट नै चुनावका निम्ति खटिएका कर्मचारीहरु आ-आफ्नो बुथ तर्फ जाने काम भएको थियो।