गान्तोक: आज पञ्चायत चुनाउ राज्यका विभिन्न जिल्लाका चुनाउ पर्यवेक्षकले सम्वन्धित पोलिङ स्टेसनक निरीक्षण गरे। विशेष गरेर आज सम्पन्न भएको चुनाउलाई स्वतन्त्रता साथै निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले पर्यवेक्षकहरूले पोलिङ बुथको निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा उनीहरूले मतदानको निम्ति खटिएका चुनाउ अधिकारीहरूसँग अन्तक्रिया गर्दै चुनाउलाई सुचारूपमा सञ्चालन गर्नुपर्ने निर्देश दिएका थिए। आज बिहान आठबजीदेखि शुरू भएको मतदान साँझ पाँच बजीसम्म चल्यो। हालसम्म राज्यको कुनै पनि स्थानमा मतदानलाई लिएर अशान्ति उत्पन्न नभएको जानकारी प्राप्त भएको छ।