नर्थ इस्टर्न स्टेटसको राष्ट्रीय राजमार्गको समीक्षा कार्यक्रममा मुख्यमन्त्री तामाङको सहभागिता

IMG-20221110-WA0337.jpg

गान्तोक: असमको राजधानी गुवाहटीमा हिजो आयोजित नर्थ इस्टर्न स्टेटसको राष्ट्रीय राजमार्गको समीक्षा सभामा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चाले सहभागिता जनाए। उक्त सभाको अध्यक्षता केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरीले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले प्रभावित सरोकारवालाले उठाएका सबै समस्या समाधानका लागि राज्य सरकार सदैव सक्रिय रहेको सभालाई जानकारी दिए। यसरी नै उनले कुनै पनि समस्या समाधान गर्न परेको खण्डमा तत्काल सबै सरोकारवालाबीच समीक्षा बैठक बोलाएको र भविष्यमा यसलाई निरन्तर दिने बताए। सडक परियोजनाहरू ताकि सरकारको भिजन भारतले पूर्वोत्तर क्षेत्रमा पूर्वाधार निर्माणलाई तीब्ररूप दिएको र समस्या समाधान गर्दै आइरहेको अवगत गराए।

राज्य सरकारले ५१ वटा पुल स्थापनका लागि तीन सय करोड प्रस्ताव सभामा पेश गरेका थिए जसलाई निति आयोगले पारित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement