कोलकाता: ब्राजिलका महान फुटबलर एवं कप्तान काफुसँग हालै एक्सिस मलमा ‘तादेर कथा’ शीर्षकको अन्तरक्रियात्मक टक शो आयोजना गरियो। सहभागीहरुमा बङ्गाल पियरलेसका सीईओ केतन सेनगुप्ता, खेलकुद व्यवसायी सताद्रु दत्त र पूर्व भारतीय फुटबलर विश्वजित भट्टाचार्य थिए। टक शोमा काफुले आफ्नो जीवनका रोचक घटनाहरु सुनाए। उनले ब्राजिलको पौराणिक फुटबल क्लब साओ पाओलोबाट खेल्ने अवसर प्राप्त गर्नुअघि नौ पटक असफल भएको बताए। हरेक चोटि असफल भएर फर्किनुहुन्थ्यो बुबाले भन्नुहुन्थ्यो, यो त भगवानले उहाँको बाटोमा बाधा पु¥याउनुभएको हो र उसले मात्रै त्यसलाई पार गर्नसक्छ। आफ्नो जेठो भाइ, एक प्रतिभाशाली फुटबलर, काफुले खेल्न जारी राख्न पैसा कमाउनको लागि खेल्न छाडे भनेर वर्णन गर्दा उनी भावुक भए। उनले आफू जस्तै खेल्ने शैली काफुरिंगाबाट कसरी आफूलाई काफु भनेर चिनिन थालेको बताए। काफुको मूल नाम मार्कोस हो।