खरसाङ: केही दिनदेखि खरसाङमा नै रहेका हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आज खरसाङ महकुमा अस्पतालको भ्रमण गरेका छन्। आज बिहान खरसाङ अस्पतालको निरीक्षण तथा बिरामीहरुसित भलाकुसारी गर्न पुगेका अजय एडवर्ड। उनीसितै सिटोङ लाटपञ्चार समष्टिबाट खड़ा भएका उम्मेद्वार तथा हालको समष्टिका अध्यक्ष तीमोथी मुखियाको बोज्यू बिरामी अवस्थामा खरसाङ अस्पतालमा उपचाराधीन अवस्थामा रहेको सुन्नसाथ उनको सुस्वास्थ्यको कामना गर्न साथै उनको सुस्वास्थ्यको निम्ति ईश्वरसित प्रार्थना गर्न अध्यक्ष एडवर्ड्स उक्त अस्पताल पुगेको बताइएको छ।

त्यही निरिक्षण गर्दै उनले धेरै उपचाराधीन रहेका बिरामीहरुसित भेटघाट गरेका थिए भने कतिलाई आर्थिक सहयोग पनि प्रदान गरेका थिए। उनीहरुको सुस्वास्थ्यको कामना गर्दै प्रार्थना गरिदिए।