सभासद नुरी शेर्पाको बाहुलीबाट पर्जा पट्टा वितरण कार्य सम्पन्न

IMG-20221110-WA0327.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत बागौरा र कोइला गोदाम, एम वान आदि क्षेत्रमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाको बाहुलीबाट पर्जा पट्टा वितरण गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत तीनैवटा स्थानहरूमा जम्मा पाँच परिवारहरूलाई पर्जा पट्टा वितरण गरिएको छ। उक्त पर्जा पट्टा वितरण कार्यमा भूमि सुधार, वन विभाग अनि खण्ड विकास कार्यालयको अधिकारीहरूको उपस्थितिमा पहिलो चरणको पर्जा पट्टा जेनेरल वर्गका लागि वितरण गरिएको छ। त्यसरी नै अब फेरि पनि दोस्रो चरणको पर्चा पट्टा वितरण गरिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै एफआरसी कमिटी गठन गरिएको छ। उक्त कमिटीको चेयर पर्सनको रूपमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा चयन गरिएको छ। उक्त पर्जा पट्टा वितरण गरिएको कार्यमा टुंग सन्त मेरिज समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement