भागोपद्वारा गोर्खाल्याडको मांगमा प्रधानमन्त्रीलाई ज्ञापन

21-30-41-bha-1.jpg

कालेबुङ: छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै भारतीय गोर्खा परिसंघ कालेबुङद्वारा जिल्लापाल अनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेको छ। भारतीय गोर्खा परिसंघ कालेबुङका अध्यक्ष हरि अधिकारीले यस बारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। तिनले बताएनुसार गोर्खाल्याण्डको माग गर्दै आज भारतीय गोर्खा परिसंघ कालेबुङले जिल्लापालमार्फत देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र सुम्पियो। ज्ञापन बुझाउन जाने टोलीमा भारतीय गोर्खा परिसंघ कार्यकारी अध्यक्ष कुमार भुषाल, सचिव पीके प्रधान, महिला प्रकोष्ठबाट अनिता भुषाल लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement