फौजमा कार्यरत बताउँदै रुपियाँ ठग्ने व्यक्ति पक्राउ

IMG_20221110_212815.jpg

सिलगढी: आफु सेनामा कार्यरत रहेको बताउँदै परिचय मानिसहरूबाट रुपियाँ ठगेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ।यसरी पुलिसद्वारा पक्राउ गरिएको व्यक्ति विकास छेत्रीको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार आज दिउँसो आर्मी इन्टेलिजेन्स र बाघडुग्रा थाना पुलिस संयुक्त अभियान चलाएर बाघडुग्राको भुजियापानी इलाकाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। सेनाको भर्ती हुनको लागि तयारी गरिरहेका युवक युवतीहरूलाई रुपियाँ लिएर नोकरी लगाइदिने प्रलोभन देखाउने गरेको पक्रा परेका व्यक्ति विरुद्ध आरोप रहेको छ। उक्त व्यक्तिले गत ५ वर्षदेखि सेनाको नामको गलत प्रयोग गरिरहेका थिए भने पुलिसले आरोपीबाट केही नकली कागजपत्र पनि उद्धार गरेको छ। धेरै समयदेखि सेना तथा पुलिसले आरोपीको खोजी गरिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement