गान्तोक: एनएचपीसी, टिस्टा-५ जलविद्युत केन्द्र, बालुवाटारले आउँदो १४ नोभेम्बरको दिन स्कूल स्तरीय चित्रकला प्रतियोगितामा समूह ‘क’ अन्तर्गत पाँचौंदेखि सातौं श्रेणी तथा समूह ‘ख’ अन्तर्गत आठौंदेखि दसौं श्रेणीबाट चयन भएका विद्यार्थीहरूको निम्ति ऊर्जा संरक्षण विषयमा राज्य स्तरीय चित्रकला प्रतियोगिता आयोजन गर्नेछ। दुवै समूहअन्तर्गत चयन भएका ५० विद्यार्थीलगायत पाँच आरक्षित विद्यार्थीको सूची सम्बन्धित स्कूलका प्राचार्य अनि विद्यार्थीहरूलाई वितरण गरिसकिएको छ।
भारत सरकारको ऊर्जा कौशलता कार्यालय (बीईई)-द्वारा “ऊर्जा संरक्षणको निम्ति राष्ट्रिय जागरूकता अभियान”अन्तर्गत यो चित्रकला प्रतियोगिता आयोजन गरिएको हो। चित्रकला प्रतियोगिता बिहान १०.०० बजेदेखि शुरु भएर १२.०० बजे समाप्त हुनेछ भने ३.३० देखि ५.३० बजेसम्म विजेताहरूलाई पुरस्कार वितरण गरिनेछ। प्रतियोगिताको दुवै वर्गका लागि प्रथम पुरस्कार रु. ५० हजार दोस्रो पुरस्कार रु. ३० हजार र तेस्रो पुरस्कार रु. २० हजार का साथमा रु. ७ हजार ५ सयको दसवटा सान्तवना पुरस्कार राखिएको छ। दुवै समूहको राज्य स्तरीय प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो स्थान प्राप्त गर्ने विजेताले १२ दिसम्बर २०२२ को दिन नयाँ दिल्लीमा आयोजन हुने राष्ट्र स्तरीय चित्रकला प्रतियोगितामा भाग लिन पाउनेछन्।
यस सम्बन्धमा कुनै प्रकारको जिज्ञासा भए, स्कूलका प्राचार्यहरूका साथै चयनित विद्यार्थीहरूले मोबाइल नम्बर ९६५०३८३७६७ (अभिषेक कुमार, एसएम (एचआर) वा ८५७५१६१६०९ (वेङ्कट रमणरेड्डी, उप महाप्रबन्धक (पीआर) सँग सम्पर्क गर्नसक्नेछन् वा यस ईमेल ठेगाना teesta-v-hr@nhpc.nic.in मा मेल पठाउन सक्नेछन्l –पीआईबी