कालचिनी– जनसाधारनको परिसेवाको निम्ति पुनः पाँचौँ चरणको दैलोमा सरकार शिविरमा अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा साइबर अनि अनलाइन ठगीहरूबाट बाँच्न सचेतना कार्यक्रम सम्पन्न गरीरहेको क्रममा आज कालचिनी हिन्दी हाइस्कूलमा कालचिनी थानाको पुलिसबलले साइबर सचेतना सम्पन्न गरेको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
आज दैलोमा सरकार शिविरमा आउने मानिसहरूलाई ब्याङ्क एकाउन्टबाट रुपियाँ चोरी साथै एकाउन्ट ह्याक विषयमा विशेष सचेतना गरिएको र यो कार्यक्रम निरन्तर दैलोमा सरकार शिविरमा जारी रहने जनाएका छन्।