मेगा फूटबल टुर्नामेण्टः बीरपाड़ा फाइनलमा

photocollage_20221110193854298.jpg

१० नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा बीरपाड़ाले टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा बीरपाड़ाले कालेबुङ पुलिसलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टाईब्रेकरमा तीनवटा शेभ गर्ने बीरपाड़ाका गोलकीपर गणेश एकक्कालाई प्लेयर अव् द म्याच चयन गरियो। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। अब १३ नोभेम्बरमा हुने फाइनलमा बीरपाड़ा र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement