जलपाईगुडी: इन्डियन आयलले पद्मश्री करीमुल हक मानव सेवा सदन अस्पताललाई २० किलो भोल्ट एम्पियर जेनेरेटर उपलब्ध गराएको छ। आज इन्डियन आयलको पश्चिम बंगाल राज्य कार्यालयका प्रबन्धक विश्वशान्ति भट्टाचार्यले जेनेरेटरसँग सम्बन्धित आवश्यक कागजातहरू पद्मश्री करीमुल हकलाई हस्तान्तरण गरे।कार्यक्रमको प्रारम्भमा पद्मश्री करीमुल हक र विशेष अतिथि क्रान्तिचौकी ए,एस,आई, फजलुल हकलाई खाडाल लगाएर सम्मान गरिएको थियो। सो अवसरमा इन्डियन आयलका पदाधिकारीहरुलाई पद्मश्री करीमुल हक मानव सेवा सदनले सम्मान गरेको थियो। इन्डियन आयल, पश्चिम बंगाल राज्य कार्यालयका प्रबन्धक विश्वशान्ति भट्टाचार्यले भने, “पूरा भारतमा कतै पनि मानव सेवाका लागि सहयोग आवश्यक परेमा उहाँको संस्थाले सक्दो सहयोग गर्छ।

यसै क्रममा आज पद्मश्री करीमुल अस्पतालका लागि २० किलो भोल्टेज एम्पीयर जेनेरेटरको व्यवस्था गरिएको छ। यससँगै उनले करीमुल हक मानव सेवा सदन अस्पतालको प्रशंसा गरे। अर्कोतर्फ मानव सेवा सदन अस्पताललाई सहयोग गरेकोमा करीमुल हकले इन्डियन आयल व्यवस्थापनलाई धन्यवाद दिए। पद्मश्री करीमुल हक, इन्डियन आयल पश्चिम बंगाल राज्य कार्यालयका प्रबन्धक विश्वशान्ति भट्टाचार्य, क्रान्ति प्रहरी चौकीका एएसआई फजलुल हक, इन्डियन आयल सिलगढी डिभिजन इन्जिनियर गौतम कुमार उपस्थित थिए।