शहरको पूरानो तारहरू हटटाउँने क्रम जारी

photocollage_20221110182836669.jpg

सुन्दरीकरणको कार्यमा सहयोग नगर्नेहरूलाई हामी नोटिस जारी गर्न बाध्य हुने छौ: विष्णु मल्ल

दार्जीलिङ: दार्जीलिङ नगरपालिका र क्याबल ओप्रेटरहरूले शहरको विभिन्न क्षेत्रहरूमा विछाएको काम नलाग्ने तारहरू हटटाउँने काम गरयो। दार्जीलिङ नगरपालिकाले शहरलाई सुन्दरीकरण गर्ने अभियानमा लागि परेको छ। शहरको विभिन्न क्षेत्रहरूमा तारहरूको थुप्रोहरूले गर्दा शहरको सुन्दरतालाई आँच पूराई रहेका छन। यी विषयलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले क्याबल ओप्रेटरहरू साथै विभिन्न कम्पनीहरूसंग बैठक गरेर काम नलाग्ने तारहरूलाई हटटाउँने अनि अन्य तारहरूलाई एक मुष्ठ बनाउँने कामहरू गर्दै आई रहेका छन। शहरलाई सुन्दरी करण गर्ने क्रममा आज पनि दार्जीलिङ नगरपालिका र क्याबल ओप्रेटरहरूले शहरको काम नलाग्ने तारहरू हटटाउने काम गरयो। यस अवधि दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल स्वयम उपस्थित थिए भने नगरपार्षद विष्णु मल्ल, क्याबल ओप्रेटरहरूको पक्षबाट विश्व गुरूङ उपस्थित रहेका थिए।यसै संदर्भमा नगरपार्षद विष्णु मल्लले दार्जीलिङ नगरपालिका र क्याबल ओप्रेटरहरूले शहरलाई सुन्दरीकरण गर्ने अभियानको तेस्रो पटक रहेको बताए। यस भन्दा अधि दुई चोटी शहरको विभिन्न क्षेत्रहरूमा काम नलाग्ने तारहरू हटटाउने काम गरी सकेको बताए। तिनले अधि भने दार्जीलि²ङ नगरपाालिकाले क्याबल ओप्रेटरहरू साथै विभिन्न कम्पनीहरूसंग बैठक बसेर काम नलाग्ने पूरानो तारहरू हटटाउँने विषयहरूमाथि सहमति जनाउँने कार्यहरू गरी सकेको भएता पनि तारहरू हटटाउँने कार्यमा उनीहरू उपस्थित नभएकोमा खेत प्रकट गरयो। नगरपार्षद मल्लले अधि भने हरेक विहिबार हामीले यसरी नै पूरानो तारहरू हटटाउने काम गर्ने छौ अनि सवै क्याबल ओप्रेटरहरू उपस्थित भएर पूरानो तारहरू हटटाउने कियामा हात बडाउने आहवान गरयो।तिनले अझ भने यदि क्याबल ओप्रेटरहरू तार हटटाउने कार्य मा आउँन नसकेता पनि उनीहरूले आफ्नो कर्मचारीहरूलाई पठाई दिने नगरपार्षद मल्लले निवेदन गरयो। क्याबल ओप्रेटरहरू पनि उपस्थित नभए साथै कर्मचारीहरू पनि नपठाउँने क्याबल ओप्रेटरहरूलाई नगरपालिकाले शो कर्ज नोटिस जारी गर्नेछ तिनले भने। यसै संदर्भमा क्याबल ओप्रेटर विश्व गुरूङले अधि भने दार्जीलिङ नगरपालिकाले शहरलाई स्वच्छ एंव सुन्दर बनाउँने दिशामा जो कदम उठाई रहेको छ,यसलाई आफुले मनभित्रबाट समर्थन जनाउँदै यस दिशामा लागि परेको जनाए। प्रत्येक विहिबार दार्जीलिङ नगरपालिका र क्याबल ओप्रेटरहरूले शहरको पूरानो तारहरू हटटाउने साथै लथालिङ भएको तारहरूलाई एक मुष्ठ बनाउँने कार्यमा सवै क्याबल ओप्रेटरहरूलाई उपस्थित भई दिने अनूरोध पनि गरयो।दार्जीलि²²ङ नगरपालिका र क्याबल ओप्रेटरहरूले आज क्यापिटल हलदेखि रेलवे स्टेशनसम्मको पूरानो तारहरू हटटाउँने अनि लथालिङ भएको तारहरूलाई एक मुष्ठ बनाउँने काम गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement