पुटुङ उच्च माध्यमिक विद्यालयको बिद्यालय गीत सार्वजनिक

पानीघट्टा: मिरिक महकुमाको पुटुङ उच्च माध्यमिक विद्यालयको बिद्यालय गीत आज सार्वजनिक गरिएको छ‌। बिद्यालयका सह शिक्षक मनोहर शर्माको शब्द बरिष्ठ संगीतकार रुपेश रसाईलीको संगीत र प्रथम मिरिक आइडल असिम छेत्रीको स्वरमा रहेको उक्त गीत आज विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तानले सार्वजनिक गरे। यस अवसरमा सम्पूर्ण बिद्यार्थी र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो। शिक्षक प्रभारी महेन्द्र मोक्तानले बिद्यालयको गीत धेरै अघिदेखि बनाउँने प्रयास गरे तापनि अहिले भने सफल भएकोमा हर्ष ब्यक्त गरे। बिद्यालयको उक्त गीत सह शिक्षक मनोहर शर्माको युट्युब च्यानलमा प्रसारण गरिएको जानकारी पनि शिक्षक प्रभारी महेन्द्र मोक्तानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement